Logo

मुख्य समाचार

मेक्सिकोमा आप्रावासी बोकेको ट्रक दुर्घटना हुँदा १० जनाको मृत्यु



मेक्सिको सिटी । दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा आइतबार बिहान दुर्घटना हुदाँ २५ जना घाइते भएका छन ।

मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युटलाई उद्धृत गर्दै भनिएको छ कि सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अबैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको थियो ।

अधिकारीहरूले भनेका छन् कि चालकले ट्रकलाई तीव्र गतिमा चलाएका थिए र ट्रकले अचानक नियन्त्रण गुमाए पछि सो दुर्घटना भएको थियो ।

दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन, उनको खोजी भईरहेको छ । सो दुर्घटनामा मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

नेसनल माइग्रेसन इन्स्टिच्युट (आईएनएम)का अनुसार अब आईएनएमले कन्सुलर ९दूतावास० अधिकारीहरूसँग वार्ता गर्नेछ ताकि शवहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने प्रशासनिक प्रक्रिया सुरु गर्न सकियोस् ।

‘यसबाहेक ती देशले आफ्ना कति नागरिक दुर्घटनामा घाइते भएका छन् र उनीहरुको अवस्था कस्तो छ रु भन्ने थाहा पाउनुपर्छ ।’ मध्य अमेरिका र क्यारेबियनबाट आएका आप्रवासीहरू अमेरिका पुग्ने आशामा कहिलेकाहीँ ट्रक र ट्रेलरमा मेक्सिको हुँदै यात्रा गर्छन् ।

स्मरण रहोस, सन २०२१ मा ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यमा आप्रवासी बोकेको ट्रक पल्टिँदा ५५ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । यसबाहेक मेक्सिकोमा एक साताभित्र आप्रवासीसँग भएको यो दोस्रो दुर्घटना हो । गत बिहीबार पनि चियापास राज्यमा ट्रक पल्टिँदा दुई आप्रवासीको मृत्यु भएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ५३ बजे