Logo

Breaking News 1

स्पेनमा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, १४ बेपत्ता 



म्याड्रिड । स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो ।

त्यसपछि यो छिमेकी क्लबहरूमा फैलियो । खचाखच भरिएका डान्स फ्लोरहरूबाट भाग्न हतारिएका कारण छिमेकी क्लबहरूमा पनि अागलागी हुन गएकाे गएको बताइएकाे छ ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । जन्मदिनको भोजमा सहभागीहरू मध्ये एक, जो आफ्नो काका र काकीसँग क्लबमा थिए, उनले भने कि उनी समयमा नै घर फर्केका थिए, केवल उनका एक जना भाई भने क्लबमा नै बसे । ला वर्डाड डे मर्सिया अखबारका अनुसार मृतकहरू मध्ये उनका काका थिए वा छैनन् भन्ने स्पष्ट छैन।

प्रहरीले याे पुष्टि गरेको छ कि मृत्यु भएका सबै ला फोंडामा थिए, तर थप १४ जना अझै बेपत्ता छन्। जसकाकारण उनीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ, र आगो लगभग ६ बजेवाट सुरु भएको मानिन्छ। तर, करिब १५ घण्टा बितिसक्दा पनि यो के कारणले भएको हो ? भन्ने खुल्न सकेको छैन । तर मर्सियाका मेयर जोसे बालेस्टाले पत्रकारहरूलाई भने कि क्लबको पहिलो तल्लामा आगलागी सुरू भएको थियो।

राष्ट्रिय प्रहरीका डिएगो सेरलले ला फोन्डाको छत भत्किएको बताए, जसले पीडितहरूलाई भेट्टाउन र के भयो भनेर काम गर्न चुनौतीपूर्ण बनाएको छ । यद्धपी सो घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास जारी छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २५ बजे