Logo

बागमती प्रदेश

बाग्मती प्रदेशसभा बैठक बस्दै



हेटौँडा । बाग्मती प्रदेशसभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । 

हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो । 

उक्त बिधेयक माथी सैद्दान्तिक छलफल सुरू गरिएको छ । सो प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो बिधेयकमाथी सोमवार पनि छलफल जारी रहने छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ३५ बजे