Logo

अर्थ

मुक्तिनाथ कृषिले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति



काठमाडौ। नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।

यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यो आईपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्ने भएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : ०८ बजे