Logo

Breaking News 1

एसियन गेम्सः माल्दिभ्सविरूद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं। चीनमा जारी एसियन गेम्समा पुरूष क्रिकेटतर्फ आज नेपालले आफ्नाे दाेस्राे खेल माल्दिभ्सविरूद्ध खेल्दैछ । नेपालले टस जितेर पहिले ब्याटिङ राेजेको छ ।

नेपालले यसअघि मंगाेलियाविरूद्ध खेलेकाे टीममा एक परिवर्तन गरेकाे छ । बलर करण केसीकाे स्थामा ब्याट्सम्यान विनाेद भण्डारी प्लेइङ ११ मा भित्रिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटकाे नवप्रवेशी मंगाेलियाविरूद्ध नेपालले ब्याटिङमा विश्वकीर्तिमानकाे वर्षा गरेकाे थियाे । आज माल्दिभ्सविरूद्ध पनि नेपाल पूर्णरूपमा हावी हुने अपेक्षा गरिएकाे छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ५६ बजे