Logo

कर्णाली प्रदेश

एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी


१२ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षमा गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ नेतृत्वमा सर्वसम्मतिबाट सम्भव नभएपछि निर्वाचन हुन लागेको हो ।

गुलावजंग र मिनबहादुरले प्यानल नै बनाएर चुनावमा होमिएका छन् । एमाले कर्णाली अधिवेशनले पाँच जना पताधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।

निर्वाचन समितिका अनुसार शनिबार दिउँसो साढे १ बजेबाट मतदान सुरू हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : २८ बजे