Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० विन्दुले बढेको छ । यससँगै सूचक २०२३.५२ अंकमा आएको छ । ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : २८ बजे