Logo

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष फेरिए



धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष परिवर्तन गरेको छ । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मोहन देव विष्टलाई हटाएर प्रदेश सरकारलेअनुपकुमार उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्याय नेपाल सरकारका पूर्व सिँचाइ ऊर्जा सचिव हुन् ।   उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उपाध्यायलाई योगको अध्यक्ष तथा  प्रदेशका  मुख्यमन्त्री कमल बहादुर शाहले सपथ  ग्रहण गराएका हुन् ।

उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ५४ बजे