Logo

Breaking News 1

कांग्रेसकाे संसदीय दलको बैठक बस्दै, शिक्षा विधेयकबारे छलफल हुने


५ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । असोज ८ र ९ गते बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक बोलाइएकोबारे आज बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।

बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने बताइएको छ । संसदसँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ ।

प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए । उनीहरूको जायज माग पूरा गर्ने सम्बन्धमा कांग्रेसले सक्दो भूमिका खेल्ने पनि उनले बताए ।

कांग्रेस केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनको विषय जोडतोडले उठेको छ । बिहीबारको बैठकमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए ।

महामन्त्री गगन थापाले शिक्षकहरूको आन्दोलन रोक्नुपर्ने बताउँदै त्यसका लागि शिक्षा विधेयक संसोधन गर्नपनि तयार हुनुपर्ने बताएका थिए । यी सबै विषयमा छलफर र निर्णय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरमा बस्नेछ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १ : ५४ बजे