Logo

धर्म / संस्कृति

सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया- एक सुन्दर भविष्य’ आउँदै



काठमाडाैं। सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया- एक सुन्दर भविष्य’ निर्माण हुने भएको छ । मेगा आर्ट एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनबाट छिट्टै प्रशारण गर्ने तयारी समेत गरिएको छ ।  चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्नेछन्  ।

‘सनातन’ को अर्थ – शाश्वत वा ‘अनन्त’ अर्थात्, जसको न त सुरुवात छ न अन्त्य नै भन्ने हुन्छ ।   यस धर्मको कोही प्रवर्तक नभई साक्षात ईश्वरलाई नै यस धर्मले मान्ने गर्दछ।  त्यस्तै अंग्रेजी शब्द युटोपियाको अर्थ  स्वप्नलोक वा रामराज्य हुने गर्दछ ।

राजनितिज्ञ एवं लेखक नवराज लम्सालको कार्यकारी निर्माणमा बन्न लागेको यस कार्यक्रमका निर्माता समाजसेवामा क्रियाशील रहेका पिटर कुमार श्रेष्ठ रहेका छन् ।  कार्यक्रममा देशका बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरूलाई  अतिथिको रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डलि बिश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको सञ्चारकर्मी तथा कार्यक्रम निर्माण समुहका सदस्य विवेक कुमार ठाकुरले  बताएका छन् । उनका अनुसार सञ्चारकर्मी पंकज मिश्रले कार्यक्रममा एक हिन्दू धर्म सम्वन्धी विशेष रिपोर्ट प्रस्तुत गर्नेछन् ।

अहिलेको अत्याधुनिक युगमा जीउन सिकाउने शास्त्र भनेकै सनातन धर्म भएको  तथा सनातन धर्ममा आधारित भएर विज्ञान बनेकोले यसको प्रार गर्न आवश्यक भएको निर्देशक खड्काले बताए ।  कार्यक्रममा धर्मका साथै धर्मसंग जोडिएको विज्ञानको विषयमा समेत बहस हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ४ : १६ बजे