Logo

मुख्य समाचार

परीक्षामा एकजना मात्रै उत्तिर्ण भएपछि ज्येष्ठताका आधारमा ३६ न्यायायधीश नियुक्त



काठमाडौं । न्यायपरिषद्को बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको होे । बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

लोकसेवा आयोगले लिएको परीक्षामा भने पारसमणि पोखरेलले मात्र नाम निकालेका थिए । तर परिषद्ले भने ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्ती गरेको हो । परिषद्को बैठकले आजै १९ जना न्यायाधीशको सरुवा समेत गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ४६ बजे