Logo

मुख्य समाचार

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसूर उल्लेख नहुने



काठमाडौं । गृह मन्त्रालयबाट जारी ’प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ सोमबार राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसूर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन ।

साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने निर्देशिकामा उल्लेख छ । कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसूर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसूरको विषय उल्लेख हुने गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ३३ बजे