Logo

Breaking News 1

३७ घण्टापछि गैरीगाउँ हत्याकाण्डका आरोपी पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंको तिनकुनेमा ४ जनाको हत्या गरेको आरोपमा सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

घटना भएको ३७ घण्टापछि भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । आरोपी जन्मजात बोल्न नसक्ने अबस्था रहेको र आफुलाई राईले मोटरसाइकले ठक्कर दिएपछि त्यसकै झोंकमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनी बोल्न नसक्ने‍ र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ । पक्राउ पछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाई नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका नवीन राईसँग अभियुक्त भण्डारीको रिसीईबीका कारण हत्या भएको पाइएको प्रहरीले जनाएको छ।

केही दिनअघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएको र शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेर विवादपछि उनले झोलामा राखेको खुकुरी निकालेर नवीनको हत्या गरेको प्रहरीले जनाएको छ।

त्यसपछि निस्किँदै गर्दा उनले तल्लो तलामा बस्ने थप तीन जनाको पनि थाहा पाउने डरले हत्या गरेको स्वीकार गरेका छन् । थाहा पाउने डरले दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ५७ बजे