Logo

मुख्य समाचार

एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै



काठमाडाैं । एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदै छ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुने फाइनल खेलमा भारत र श्रीलंका आमने सामने हुने छन् ।

बंगलादेश तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । भारत आठौं पटक एसिया कपको च्याम्पियन बन्ने लक्ष्यमा छ ।

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा टीम इन्डियाले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो । एसिया कपको इतिहासमा यी दुई टोलीबीचको यो नवौं फाइनल हुनेछ ।

भारत पाँच पटक फाइनल जित्न सफल भयो। योसँगै श्रीलंकाले तीन पटक उपाधि जितेको छ । भारत र श्रीलंकाको टोली अहिलेसम्म एकदिवसीयमा १६६ पटक आमनेसामने भएका छन् ।

यो अवधिमा भारतले अग्रता लिएको छ । उसले ९७ खेल जितेको छ । श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेलको नतिजा निस्किएन। एक खेल भने बराबरी भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ४९ बजे