Logo

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीयसभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन् ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर अमेरिकावाट असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : २७ बजे