Logo

मुख्य समाचार

उच्च अदालतका ३४ न्यायाधीशको सरुवा


२९ भाद्र २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगर पठाइएको छ । पाटनकै न्यायाधीश सुवास पौडेललाई उच्च अदालत बुटवल सरुवा गरिएको छ । पाटनकै अर्का न्यायाधीश दिपेन्द्रबहादुर बमलाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा पठाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : १५ बजे