Logo

मुख्य समाचार

कर प्रणाली सुधारका लागि अध्ययन गर्न समिति गठन गर्ने सरकारको निर्णय


२९ भाद्र २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । सरकारले विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो ।

आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी मल्लिक नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो ।

बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणालीबारे अध्ययन गरी सुधारको सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने उल्लेख थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ४८ बजे