Logo

Breaking News 1

हेटौंडामा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ



मकवानपुर। हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्‍न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा सांघातिक आक्रमण भएको थियो ।

एक महिनाअघि डेंगी सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  २ : २८ बजे