Logo

खेलकुद

एसिया कप क्रिकेट : भारतसँग श्रीलंका ४१ रनले पराजित



काठमाडौं । एसिया कपअन्तर्गत भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ ।

श्रीलंकामा भएको खेलमा २१४ रनको लक्ष्य पाएको श्रीलंका ४१ दशमलव ३ ओभरमा पुरै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सकेको हो । भारतका लागि कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए भने हार्दिक पाण्डेको नाममा एक विकेट बन्यो ।

श्रीलंकालाई पराजित गरेसँगै भारत एसिया कपको सुपर ४ को शिर्ष स्थानमा कायमै रहेको छ । श्रीलंका भने दोस्रो स्थानमा रहेको छ । पाकिस्तान तेस्रो स्थानमा रहँदा बंगलादेश चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : १९ बजे