Logo

Breaking News 1

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल म्यानमारसँग गोलरहित बराबरीमा राेकियाे


२२ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको छ । अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालले गोलरहित बराबरी खेलेको हो । शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको थियो ।

फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ३१ बजे