Logo

Breaking News 1

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन



काठमाडौं । काठमाडौं वार्ड नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ । नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रिय सभापतीसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाइ, उच्च ज्वरो तथा  निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो । उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आएका थिए ।

 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ८ : ५४ बजे