Logo

मुख्य समाचार

कांग्रेस सहमहामन्त्री यादवको ट्रमा सेन्टरको आइसीयुमा उपचार हुँदै, अबस्था स्थीर



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।

कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ८ : ३१ बजे