Logo

खेलकुद

नेपाली महिला क्रिकेट टोली यूएईसँग प्रतिस्पर्धामा उत्रँदै



काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल मलेसियाकाे राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ।

जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन्। नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ।

तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : ३२ बजे