Logo

मुख्य समाचार

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक बिदा



काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्छ ।

उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन् । सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : २७ बजे