Logo

अर्थ

भारतले थप १८० मेघावाट विजुली नेपालबाट किन्ने



काठमाडौं । भारतीय उर्जा मन्त्रालयले नेपालले १ सय ८० मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ ।

अहिले नेपालले ४ सय ५२ मेगावाट बिजुली भारतमा बेच्ने अनुमति पाएको छ भने अब भने थप ४ वटा आयोजनाबाट उत्पादन हुने ६ सय ३२ मेगावाट विजुली भारतले किन्ने भएको हो ।

माथिल्लो चमेलिया र माथिल्लो कालंगाड जलविद्युत् आयोजनाको ७० मेगावाट र सोलुखोला दूधकोसी र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली पनि भारतले किन्ने भएको हो ।

नेपालले सोलुखोला दूधकोसी आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको ६ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १० : २१ बजे