Logo

खेलकुद

नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने



काठमाडौं । एसिया कप खेल्न पाकिस्तान उडेको नेपाली राष्ट्रिय क्रिकेट टीम भोलि स्वदेश फर्किने भएको छ ।

सोमबार भारतसँग पराजित भएसँगै एसीया कपबाट बाहिरिएको नेपाली टोली बुधबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट संघले जनाएको छ । एसीया कपअन्तर्गत पाकिस्तान र भारतसँग खेलेको नेपाल दुबैसँग पराजित भएको थियो ।

भारतसँगको खेलमा सम्मानजनक स्कोर बनाउन सफल रहेको नेपाली टोलीको प्रशंशा भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ३४ बजे