Logo

खेलकुद

एसियन कप क्रिकेट : आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै



काठमाडौं । नेपाल र भारतका बीचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा आज हुँदै छ । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेवाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे पछि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो । बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : २४ बजे