Logo

Breaking News 1

नौ महिनापछि संसदीय समितिको सभापति चयन हुँदै, आजबाट प्रक्रिया सुरु



काठमाडौं । आम निर्वाचन भएर नयाँ संसद गठन भएको नौं महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु भएको छ । सभामुख देबराज घिमिरेले सार्वजनिक गरेको कार्यसुची अनुसार आज बिषयगत तथा प्रक्रियागत समितिहरुको सभापतिका लागि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदै छ ।

संघीय संसद सचिवालयका अनुसार समिति सभापतिका लागि आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन समयसिमा तोकिएको छ ।

प्रमुख दलहरु बिच सहमति हुन नसक्दा  ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया नौं महिनासम्म अबरुद्ध हुन पुगेको थियो । समितिको सभापति नहुदाँ संसदीय समितिले गर्नु पर्ने काम कारबाहीहरु प्रभाबित हुँदै आएका थिए ।

संसदका १० वटै विषय र प्रक्रियागत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप आज उम्मेदवारी दर्ता हुन लागेको हो । जसअनुसार भाेलि संसदीय समितिहरूले नयाँ सभापित पाउने छन् । हालसम्म समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ७ : ३८ बजे