Logo

Breaking News 1

ओली भन्छन्- कोशीमा फेरि एमालेको नेतृत्वमा सरकार बन्छ



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। सरकार मज्जाले चल्छ।’

कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। एमालेसँग उपसभामुखसहित ४० सांसद छन्। उसलाई साथ दिइरहेको राप्रपाको छ सांसद छन् ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेको छ। यहीबेला ओलीले एमाले सरकार बन्ने दाबी गरेका हुन्।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : २९ बजे