Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बुधबारसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघिदेखि संसद् अवरुद्ध पार्दै आएकोमा मंगलबार उच्चस्तरीय छानबिन आयोग गठनमा सहमति गरी संसद् सञ्चालन गर्ने तयारी भए पनि छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा मंगलबार हस्ताक्षर नभएपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको हो।

संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मकालागि बैठक स्थगित गरेको जानकारी दिए। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि संसद् अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : २२ बजे