Logo

Breaking News 1

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिँदै



काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज शपथ लिँदै छन् । हिजो प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज शपथ लिन लागेका हुन् ।

उनले दिउँसो १ः४५ बजे शपथ लिने कार्यक्रम रहेको जनाइएको छ । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : १९ बजे