Logo

मुख्य समाचार

भदौ २९ गतेदेखि अनसन बस्ने डाक्टर केसीको घोषणा



काठमाडौं । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर भदौ २९ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

सोमबारदेखि अनशन बस्ने घोषणा गरेपनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ३३ बजे