Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ २५ पैसा र बिक्री दर १४५ रूपैयाँ ९१ पैसा रहेको छ ।  बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६८ रूपैयाँ ७३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६४  रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसामा काराेबार हुनेछ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३ पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३५.४१  रुपैयाँमा गरिदिदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६ रुपैयाँमा खरिदबिक्री गर्न सकिने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ३९ बजे