Logo

Breaking News 1

घोराही सिमेन्टसहित ३ कम्पनीको आईपीओ सूचीकृत


२६ श्रावण २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ ।

घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ ।

घोराहीको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ । यस्तै, थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८५.६५ रुपैयाँदेखि २५६.९५ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘टीएसएचएल’ संकेत दिएको छ ।

उता, अप्पर स्याङ्गे हाइड्रोपावरको पनि कुल २२ लाख कित्ता सेयर बिहीबार सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८४.५४ रुपैयाँदेखि २५३.६२ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । सेयर कारोबारका लागि ‘युएसएचएल’ संकेत दिएको छ ।

यी ३ वटै कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । तोकिएको ओपनिङ रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबार मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : २२ बजे