Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमयदर, युराेकाे भाउ १४५ रूपैयाँ नाघ्याे


२६ श्रावण २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, दक्षिण काेरियाली वन १०० को खरिदमा १० रूपैयाँ ७ पैसा र बिक्रीदर  १० रूपैयाँ ११ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३६  रुपैयाँ कायम गरिदिएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१  रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ०८ बजे