Logo

अर्थ

सेयरधनीले अपर तामाकोशीको हकप्रद आजसम्म भर्न पाउने


२५ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन् ।

गत असार २२ गते अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो । हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ०७ बजे