Logo

अर्थ

आजको विदेशी मुद्राकाे विनिमयदर हेर्नुभयाे ?


२५ श्रावण २०८०, बिहिबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १३२ रुपैयाँ २१ पैसा रहेको छ भने विक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, युरो १ को १४५ रुपैयाँ १० पैसामा काराेबार हुनेछ ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको थियो।

बेलायती पाउण्ड स्ट्रलिङ १६८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ८६ रुपैया ४५ पैसा र क्यानेडियन डलर ९८ रुपैयाँ ४७ पैसामा काराेबार हुँदा सिंगापुर डलर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री हुनेछ । जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसामा काराेबार हुदाँ चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा कायम गरिएकाे छ ।

उता खाडी क्षेत्रका मुलुकहरुमा कतारी रियाल खरिद मूल्य १ को ३६ रुपैयाँ ३० पैसा, साउदी रियालकाे ३५ रुपैयाँ २४ पैसा, युएइ दिराम ३६ रुपैयाँ, मेलसियन रिङगेट भने २८ रुपैयाँ ९२ पैसा कायम हुदाँ कुवेती दिनार ४२९ रुपैयाँ ८३ पैसा र बहराइन दिनार ३५० रुपैयाँ ७१ पैसामा काराेबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ०३ बजे