Logo

मुख्य समाचार

युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सरकारको अपील


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । सरकारले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा आइपर्ने जोखिमप्रति सचेत रहन आग्रह गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा केही विपत आइपरे उद्धारमा हुने कठिनाइ हुने समेत जनाएको छ ।

पछिल्लो समय युक्रेनमा जारी युद्धमा नेपालीहरु रुसको भाडाका सैनिक भर्ती गर्ने वाग्नर समूहमा भर्ना भएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले यस्तो भनेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ०० बजे