Logo

Breaking News 1

पेट्रोल, डिजेलको मुल्य बढ्यो, ग्याँसको घट्यो


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७र७ रुपैयाँ बढेको छ । बढेको मुल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ४७ बजे