Logo

मुख्य समाचार

संघीय शिक्षा ऐन संसदमा पठाउने सरकारको निर्णय


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौँ । सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ऐन संसदमा पठाउने निर्णय गरेको हो । बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधाबापत २० करोड अनुदान स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले लम्पी स्किन रोगका कारण क्षति भएका किसानहरुलाई क्षतिपूर्ति दिने विषयमा समेत अध्ययन गर्न कषि मन्त्रालयलाई भनेको छ । लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने सरकारको तयारी छ ।

विक्रम सम्बत् २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए ।

मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि ज्वेलर्समा कालिगडका रूपमा काम गर्ने लालबहादुर विकलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो । त्यसकै आधारमा विश्वकर्मालाई समेत धरौटी माग गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २८ बजे