Logo

Breaking News 1

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा


१६ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई वैधानिकता सर्वाेच्च अदालतले आदेश दिएपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन् ।

एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गरे ।

सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरे । सोविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वाेच्च अदालत पुगेका थिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : ११ बजे