Logo

Breaking News 1

सुन तस्करीको सुई जतावाट घुमाए पनि माओवादी तिरैः बिष्णु रिजाल


१६ श्रावण २०८०, मंगलबार  

92
Shares

काठमाडौं। नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन ।

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’

उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ४४ बजे