Logo

मुख्य समाचार

सदनको अवरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन छलफलमा जुटेका छन् । एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको हो ।

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेले सदन अवरुछ गर्ने भएपछि सुरु हुन नसकेको अवस्थामा सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । यसअघि सभामुख घिमिरेले दलहरूका प्रमुख सचेतक तहमा छलफल गरे पनि सहमति जुटेन ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : ५५ बजे