Logo

मुख्य समाचार

पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४० पुग्यो



काठमाडौं । पाकिस्तानमा जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार ३५ जनाको शव संकलन भइसकेको र अन्यको शव संकलनको काम भइरहेको छ । घटनामा परेर एक सय बढि घाइते भएको जनाइएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा परेर २ सय बढि घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ । विस्फोटको समयमा जमियत उलेमा इस्लाम–फजलको कार्यक्रममा ५ सयभन्दा धेरै सहभागी थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ९ : ५६ बजे