Logo

Breaking News 1

कोशी प्रदेश सरकार गठनको गृहकार्यमा सत्तागठबन्धन, राप्रपासँग छलफल



काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरुले कसरत शुरु गरेका छन् । त्यसका लागि गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरेका छन् ।

सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै एकसाताभित्र अर्को सरकार गठन गर्न परमादेश जारी गरेको थियो । त्यसैअनुसार साउन १६ गतेसम्मको समय दिएर प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

वालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष लिङ्देनसँग छलफल गरेको भएपनि कुनै सहमति भने जुटिसकेको छैन । त्यसलगत्तै बसेको कांग्रेस र माओवादीको बैठकले आइतबार बिहान कोशी प्रदेशका नेताहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

त्यसैअनुसार आइतबार विहान ९ बजे बस्ने बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुँिग छलफल हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : १७ बजे