Logo

विश्व

ईयूले नाइजर विद्रोहलाई मान्यता नदिने, सहयोग तत्काल रोकिने



काठमाडौं । यूरोपेली संघले नाइजर विद्रोहलाई मान्यता नदिने भएको छ । ईयूले यसै साता सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने र जिहादी प्रभावित देश नाइजरसँगको सुरक्षा सहयोग स्थगन गर्ने घोषणा गरेको हो ।

सन् २०११ देखि नाइजरको राष्ट्रपतिको नेतृत्व गर्दै आएका जनरल अब्दुरामाने चियानीले शुक्रबार राष्ट्रिय टेलिभिजनमा आफूलाई समस्याग्रस्त पश्चिम अफ्रिकी देशको प्रमुख घोषणा गरेको थियो ।

अफ्रिकाको साहेल क्षेत्रमा भएको पछिल्लो ‘कू’ मा राष्ट्रपतिको सुरक्षा गार्डले लोकतान्त्रिक विधिबाट निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिएको थियो र उनलाई बुधबार राजधानी नियामीस्थित उहाँको सरकारी निवासमा थुनेको थियो ।

नाइजरका वैध राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न इयुले माग समेत गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ०२ बजे