Logo

अर्थ

बाग्मती प्रदेशमा भाडादर घट्यो


११ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक साधनको भाडादर घटाएको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको छ ।

नयाँ भाडा दरअनुसार यात्रुले कुनैपनि सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्मको यात्रा गर्दा यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । यसभन्दा अघिको भाडादर १९ रुपैयाँ तोकिएको थियो ।

त्यस्तै १० किलोमिटरसम्मको यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्मको यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्मको यात्रा गर्दा ३१ रुपैयाँ र २० किलोमिटरभन्दा बढी रुटमा यात्रा गर्दा ३६ रुपैयाँ तिर्नुपर्नेछ ।

यसअघि गत जेठ ११ मा समायोजन भएको भाडादर अनुसार १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तोकिएको थियो ।

यात्रुले १५ किलोग्रामसम्म सामग्री निःशुल्क लैजान पाउने र योभन्दा बढी १० केजीसम्म प्रतिकेजी पाँच रुपैयाँ भाडा तिर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ९ : २६ बजे