Logo

अर्थ

सूर्योदय वोमी लघुवित्तको ४५ हजार कित्ता सेयर बिक्रीमा कस्ले खरिद गर्न पाउछन्?



काठमाडौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ४५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। सूर्योदय वोमी लघुवित्तका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि ललितपुरको महालक्ष्मी– ४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : ४७ बजे