Logo

समाचार

एमाले र राप्रपासहितका दलले गरे सुदुरपश्चिम प्रदेशसभा बैठक बहिस्कार



काठमाडौं । सुदुरपश्चिम प्रदेशसभाको बैठक नेकपा एमालेसहितका विपक्षी दलले बहिस्कार गरेका छन् ।

एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले बैठक बहिष्कार गरेका हुन् । बजेट पारित गर्ने कसरतमा सरकार रहेका बेला विपक्षी दलले बैठक नै बहिस्कार गरेका हुन् ।

यसअघि बजेट संशोधन नभए पारित नगर्ने अडान सत्तारुढ दल कांग्रेसकै सांसदहरुले समेत चेतावनी दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ४४ बजे