काठमाडौं । ललितपुर जिल्ला अदालतका कर्मचारी र कानून व्यवसायीबीच सहमति भएको छ । नेपाल बारका प्रतिनिधि र कर्मचारीसहितको रोहबरमा नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले ७ बुँदे सहमति गरेका छन् ।
असार १३ गते लामिछानेले तामाङलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै वकिल र कर्मचारीबीच विवाद बढेको थियो । सहमतिअनुसार बार र कर्मचारी दुवैतर्फका आन्दोलन फिर्ता लिइएको छ ।
प्रतिक्रिया